४ भदौ, काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको छुरी प्रहार गरी निवासमै हत्या भएको छ ।
बबरमहलस्थित निवासमा सुतेकै ठाउँमा झाको हत्या भएको हो । घटनाको सोधपुछका लागि प्रहरीले कुक र दुई जना मालीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनालाई रहस्यमय भएको बताएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरलार्इ समेत ल्याएकाे थियो ।
घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्, ‘चोरी, लुटपाटको उद्देश्यले घटना भएको होइन । हामीले अनुसन्धान गरिरहेका छौं । चाँढै अपराधीसम्म पुग्छौं ।’
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा भने घटनामा शंका गर्ने प्रशस्त्र ठाउँहरु रहेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4