+
+

ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बैंकान्सुरेन्स

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते २०:००

४ भदौ, काठमाडौं । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनी बीच बैकान्सुरेन्स सहमति भएको छ । सहमतिमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरे ।

सम्झौतामा बैंकले आफ्नो सम्पति, ग्राहक तथा कर्मचारीको दुर्घटना,स्वास्थ्य र लगानी गरिएको सम्पतिको विभिन्न प्रकारको बीमा राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिएको छ ।

सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहजरुपमा लिन सक्नेछन् ।

सम्झौताले ओम डेभलपमेन्ट बैंकको सबै प्रकारको लगानीलाई सुरक्षण प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?