+
+

प्रदेश ५ का सामाजिक परिचालक ७ दिनदेखि सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ५ गते १९:०७

५ भदौ, बुटवल । सरकारले जागिर खोसेको विरोधमा सडकमा उत्रेका प्रदेश ५ का सामाजिक परिचालकहरुको सातौं दिनसम्म पनि विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

प्रदेश सरकारलाई दिएको ५ दिने अल्टिमेटममा आफूहरुको मागको बारेमा कुनै सम्वोधन नभएपछि उनीहरुले एकहप्तादेखि सडक संघर्ष गरिरहेका छन् । प्रदेश ५ का १२ वटै जिल्लाका ७ सय १ जना सामाजिक परिचालकहरु साउन ३० गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुको बिरोधसभालाई कांग्रेसकी प्रदेश सांसद निर्मला क्षेत्री र संघीय समाजवादी फोरमका प्रदेश संासद सन्तोषकुमार पाण्डेले सम्बोधन गर्दै माग पुरा गराउन आफूहरुले पहल गर्ने बताएका छन् ।

‘तपाईंहरुका जायज माग सरकारले पूरा गर्नैपर्छ, हामी तपाईंहरुको साथमा छौं,सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गर्न पाउदैन’ सांसद पाण्डेले भने ।

नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले विभिन्न माग सहित वुधबार बुटवलमा दिनहुँ विरोध र्‍याली निकाले पनि सरकारले उनीहरुको मागमा कुनै चासो दिएको छैन ।

बुटवलको बसपार्कबाट प्ले कार्डसहित शुरु भएको विरोध र्‍यालीले नगर परिक्रमा गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडिको निशेधित क्षेत्रसम्म पुगेर सडकमै बसेर विरोध जनाएका छन् ।

सो क्रममा मंगलबार प्रहरीले सामाजिक परिचालकहको आन्दोलनमा दमनको प्रयास गरेको थियो । ‘प्रहरीले हामीहरुले बोकेको ब्यानर खोसेर फालिदियो, हामीमाथि अपमान गर्‍यो’ आन्दोलनकी संयोजक कल्पना खनालले भनिन् ।

सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्न पर्ने संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीको भनाइ छ ।

विगत ८/९ वर्षदेखि निरन्तर देशमा जनप्रतिनिधि नभएको समयमा जनप्रतिनिधको दायित्वबोध गर्दै काम गरेको तर अहिले जनप्रतिनिधि आएपछि सरकारले आफूहरुलाई दुख दिइएको उनीहरुको भनाइ छ ।

विरोध र्‍यालीमा गर्भवती महिलाहरुदेखि दुधेबालक बोकेर महिलाहरुले सहभागिता जनाइरहेका छन् । चर्काे घामका कारण उनीहरुले छाता ओढेर सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?