+
+

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते २०:२६
सा‌ंकेतिक फोटो

६ भदौ, काठमाडौं । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्‍याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ ।

गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखेकी थिइनन् ।

‘बालिकालाई घर पुर्‍याइदिने प्रलोभनमा गोदावरी जंगलमा लगेर बलात्कार गरेको देखिएको छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर ती व्यक्ति फरार भएका छन् ।’

स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको प्रहरी स्रोतले बतायो । हाल फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?