+
+

नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १३:१८

१० भदौ, काठमाडौं । काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?