+
+

सिंहदरबारपछि झापामा लिम्बुको अर्धनग्न प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १८:००

२२ भदौ, झापा । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेर प्रहरी हिरासतमा पुगेका बिकेन लिम्बुले शुक्रबार झापामा पनि अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

जनताबाट उठाइएको करबाट भद्रपुर नगरपालिकाले तीजको कार्यक्रम गर्न लागेको भन्दै लिम्बुसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् ।

लिम्बु नेतृत्वको चेतनशील युवा समूहका उनीहरुले भद्रपुर बसपार्कबाट अर्धनग्न विरोध र्‍याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरेर कोणसभा गरेका थिए ।

उनीहरुको प्रदर्शन भद्रपुर नगरपालिका अगाडी पुग्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपि, उनीहरुले नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी जारी राखे ।

युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रर्दशन गर्न भन्दै नगरपालिका अगाडी जान अनुमति दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?