२२ भदौ, झापा । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेर प्रहरी हिरासतमा पुगेका बिकेन लिम्बुले शुक्रबार झापामा पनि अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
जनताबाट उठाइएको करबाट भद्रपुर नगरपालिकाले तीजको कार्यक्रम गर्न लागेको भन्दै लिम्बुसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् ।
लिम्बु नेतृत्वको चेतनशील युवा समूहका उनीहरुले भद्रपुर बसपार्कबाट अर्धनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरेर कोणसभा गरेका थिए ।
उनीहरुको प्रदर्शन भद्रपुर नगरपालिका अगाडी पुग्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपि, उनीहरुले नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी जारी राखे ।
युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रर्दशन गर्न भन्दै नगरपालिका अगाडी जान अनुमति दिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4