+
+

प्रधानमन्त्री ओली कोस्टारिकामा, शान्ति विश्वविद्यालयलाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते ८:४१

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेली कोस्टारिका पुगेका छन् ।

कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणमा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभा बैठक सकेर काेस्टारिका पुगेका हुन् ।

प्रधानमन्त्रीको स्वागतका लागि त्यहाँका उपराष्ट्रपति एप्सी क्याम्बेल बार  सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुका साथै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्यका साथै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?