+
+

सकियो आधा बर्ष, नेपाली फिल्मको व्यापार कहालीलाग्दो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते ११:५६

असोज महिनाको अन्त्यसँगै यो बर्षका ६ वटा महिना पनि सकिएका छन् । ६ महिना सकिदा नेपाली चलचित्रका लागि सुखद वा दुखद के रह्यो भन्ने बारेमा चर्चा गरौ । नेपाली चलचित्रका लागि आधा बर्ष दुखद होइन, कहालिलाग्दो देखिएको छ । हलमा लागिरहेको ‘छक्का पन्जा ३’को व्यापारलाई छाड्ने हो भने अरु चलचित्रको व्यापार सुखद मान्न मिल्दैन । भदौमा नै रिलिज भएको ‘नाई नभन्नु ल ५’ले पनि नेपालबाट नाफा कमायो । असोजमै रिलिज भएको ‘इन्टु मिन्टु लण्डनमा’ र भदौमा रिलिज भएको ‘रामकहानी’को औषत कारोबारलाई छाड्ने हो भने अरु चलचित्रको व्यापार वालुवामा पानी भनेजस्तै भयो ।

दर्शकले चलचित्र हेर्नका लागि खासै रुची नै देखाएको पाइएन । ‘छक्का पन्जा ३’ हेर्न हलमा उर्लिएका दर्शक हेर्दा, नेपाली चलचित्रमा दर्शक छैनन् भन्न सकिदैन । किनकी, एउटै चलचित्रले नेपाली बजारबाट मात्र २ सातामा १० करोड भन्दा माथिको ग्रस कलेक्शन गर्नु सामान्य कुरा होइन । तर, ती दर्शक अरु बेलामा किन सुस्ताउँछन् भनेर समिक्षा हुन भने जरुरी छ ।

हिजोआज नेपाली चलचित्रका कलाकार र चलचित्रको प्रचार सिमित घेरामा रुमलिदा यो अवस्था आएको हो । वैशाख ७ गतेदेखि असोज ३० गतेसम्म आइपुग्दा रिलिज भएका चलचित्रमा ‘छक्का पन्जा ३’ र ‘नाई नभन्नु ल ५’ बाहेक अरु सबैलाई नेपालबाट लगानी उठाउन मुश्लिक परेको छ ।

यसैले, हामीले बनाइरहेको चलचित्र, हाम्रो प्रचारको शैली र कलाकारको लोकप्रियतालाई अब एकपटक मुल्यांकन गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?