+
+

हुसेनको हत्या विरोधमा प्रदर्शन (६ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते ११:२५

५ मंसिर, सुनसरी । सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ ।

उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी-५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।

यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्को हत्या हुँदा समेत प्रहरी प्रशासन निरीह बनेको उनीहरुको आरोप छ ।

तस्वीरहरूः जाकिर हुसेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?