+
+

पर्शुरामको हत्या भएको भन्दै तिलाठीमा चक्काजाम

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते १६:१३

२ पुस, सप्तरी । तिलाठी-कोइलाडी गाउँपालिका-१ तिलाठीका पर्शुराम मिश्रको हत्या भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

पर्शुरामको कुटपिट गरी हत्या गर्नेलाई कार्वाहीको माग गर्दै स्थानीयवासीले सोमबार राजविराज-कुनौली सडकखण्ड चक्काजाम समेत गरेका छन् ।

मिश्रलाई बिहीबार राति वडानम्बर-३ लौनियाँका केही युवाहरु मिलेर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका मिश्रको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा आइतबार मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भएका हुन् ।

गाउँपालिकाको वडानम्बर १ तिलाठीका पालेसमेत रहेका मिश्रलाई लौनियाँका शैलेन्द्र मुखियासहितले कुटपिट गरेको स्थानीयको भनाइ छ । मिश्रको मृत्यु भएपछि उनीहरु फरार भएका छन् ।

स्थानीयहरुले राजविराज-कुनौली सडकखण्डमा टायर बालेर सडक अवरुद्व गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

यता सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र बिष्टले कुटपिट गर्नेहरुको खोजी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?