+
+

बालाजु अटोवर्कले जित्याे ‘ग्लोबल ट्रेकफेस्ट’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३ गते १९:०५

३ पुष, काठमाडौं । ‘ग्लोबल ट्रेकफेस्ट २०१८’ अवार्ड बालाजु अटोवर्कले जितेको छ । महिन्द्रा ट्रेकफेस्ट-२०१८ अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता आयोजना गरी उक्त प्रतियोगिता अन्तर्गत ३ समूहमा व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।

डाइग्नोस्टिक विशेषज्ञ, प्राविधिक तथा सर्भिस एडभाइजर गरी ३ विधामा प्रतियोगीहरुको छनौट गरिएको थियो । यस अघि सन् २०१७ मा आयोजित ट्रेकफेस्टमा अग्नि ग्रुपको भगिनी संस्था बालाजु अटोवक्र्सले तीनवटै विधामा पुरस्कार प्राप्त गरेको थियो । बालाजु अटोवर्क प्रालिले विभिन्न ३ समूह अन्तर्गत ९ वटा अवार्डहरुमध्ये ३ वटा अवार्ड प्राप्त गर्न सफल भएको छ ।

डाइग्नोस्टिक विशेषज्ञ अवार्ड विनोद श्रेष्ठले जिते भने प्राविधिक व्यक्तिगतमा तिर्थ श्रेष्ठ (फस्टरनर अप) भए । त्यसैगरी सर्भिस एडभाइजरमा सुभाष बुढाथोकी (फस्टरनर अप) भएका थिए । अग्नि ग्रुपले विजेताहरुको सम्मानार्थ एक कार्यक्रमको आयोजना विजेतहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?