+
+

उपाधिका लागि ललितपुरले भैरहवालाई दियो १५६ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ७ गते १४:४४

७ पुस, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटको उपाधिका लागि ललितपुर प्याटि्रएटसले भैरहवा ग्लाडिएटर्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छँदा सबै विकेटको क्षतिमा १५५ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवात भने राम्रो गरेको थियो । जयकिसन कोल्सवाला र गौरभ टोमरले राम्रो सुरुवात गरेका थिए । दुई खेलाडीले पहिलो विकेटका लागि ४१ रनको साँझेदारी गरेका थिए ।

गौरभ २३ रन बनाएर आउट भए । उनले १९ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । ललितपुरका लागि ओपनर कोल्सवालाले इनिङ्स सम्हालेका थिए । उनले ५७ रन बनाएर आउट भए । उनले ५२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै ललितपुरका लागि सन्दी जोराले उत्कृष्ट ब्याटिङ गरे । उनले भुवन कार्कीको बलमा क्याच आउट हुनुपूर्ण ११ बलको सामना गर्दै २४ रन बनाए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल भने १० रनमा आउट भए । दोस्रो विकेटको रुपमा मल्ललाई गुमाउँदा ललितपुरको ६० रन रहेको थियो ।

७१ रन हुँदा तेस्रो विकेटको रुपमा पवन सर्राफलाई गुमाएको ललितपुरले चौथो विकेट ११० रन बनाउँदा गुमाएको थियो ।

बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै १५ रन खर्चेर तीन विकेट लिन सफल भए ।

क्वालिफायरमा काठमाडौं किंग्स इलाभेनलाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको थियो । यता, दोस्रो क्वालिफायरमा भैरहवाले पनि काठमाडौंलाई नै पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफि प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्लेयर अफ द सिरिज हुने खेलाडीले टीभीएस आपाची बाइक पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?