+
+

सपथपछि रेशम चौधरी संसद जान्छन् कि जेल ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते १२:१९

१९ पुस, काठमाडौं । रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्दैछन् । डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी सपथपछि संसद भवन जालान् कि फेरि जेलमै ? यो चासो सर्वत्र छ ।

आज पद तथा गोपनीयताको सपथ ग्रहण गरे पनि संसद बैठकमा पनि सहभागी हुन नपाउने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । सपथ खुवाइसकेपछि सांसद चौधरीलाई फेरि डिल्लीबजार कारागारमै लगेर राखिने छ । अनलाइनखबरसँग कुरा गर्दै सभामुख महराले भने, ‘सपथका लागि प्रहरीले लिएर आउँछ र आफैंसँग लिएर जान्छ ।’

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउँदैछन् । सांसद चौधरीको सपथ ग्रहणको लागि सभामुख महरा बिहानैदेखि परामर्श तथा तयारीमा व्यस्त छन् ।

टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलाली- १ बाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?