+
+

सभामुख महरा भन्छन्- प्रधानमन्त्रीज्यूको आदेश त मान्नुपर्‍यो नि मैले !

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते ११:४४

१९ पुस, काठमाडौं । जेलमा रहेका सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराउनु कानूनसम्मत रहेको सभामुख कृष्णबहादुर महराले बताएका छन् । चौधरीलाई आफ्नो कार्यकक्षमा ल्याएको खण्डमा सपथ ग्रहण गराउन तयार रहेको आफूले पहिल्यैदेखि भन्दै आएको महराले अनलाइनखबरलाई बताए ।

सभामुख महराले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले सुरुदेखि नै के भनेको थिएँ भन्दाखेरि जेलबाट पुलिसले लिएर आउँछ भने म जुनसुकै बेलामा पनि सपथ गराइदिन्छु । तर, म जेलमा जाँदैन भन्ने कुरा राखेको थिएँ ।’

विहीबार बिहान छलफल हुँदा प्रधानमन्त्रीले सपथ गराइदिनोस् भनेपछि र राजपा नेताहरुले जेलबाट आफ्नो कार्यकक्षमा ल्याउने वातावरण बनाएपछि सपथ ग्रहणको वातावरण बनेको महराले जानकारी दिए ।

सांसद चौधरीको सपथबारे सभामुख महरासँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

जेलमा रहेका सांसद रेशम चौधरीलाई जेलमै रहेको अवस्थामा सपथ गहण गराउनु कानूनी हिसाबले अमिल्दो देखियो भन्ने प्रतिक्रिया आइरहेका छन्, सभामुखज्यू यसमा के भन्नुहुन्छ ? 

कानुनी हिसाबले सपथग्रहण गराउन नमिल्ने थिएन । निर्वाचन आयोगले हामीलाई उहाँले चुनाव जितेको प्रमाणपत्र पठाएको छ । मैले सुरुदेखि नै के भनेको थिएँ भन्दाखेरि उहाँ त जेलमा बस्नुहुन्छ, जेलबाट पुलिसले लिएर आउँछ भने म जुनसुकै बेलामा पनि सपथ गराइदिन्छु । तर, म जेलमा जाँदैन भन्ने कुरा राखेको थिएँ । अब जेलले ल्याइदिन्छु भनेपछि त गर्दिनुपरो नि । सपथ ग्रहण गराउन त हाम्रो प्रमाण (चुनाव जितेको प्रमाणपत्र) छँदैछ ।

यो सभामुखज्यूको पहल हो वा प्रधानमन्त्रीज्यूको ?

प्रधानमन्त्रीज्यूको आदेश त मान्नुपर्‍यो नि मैले त । आज बिहान छलफल गर्दा उहाँले गराइदिऔं भन्नुभो । त्यो त छँदैछ तर, मसँग राजपाले पहिलेदेखि नै भनेकै थियो । मैले के भनेको थिएँ भने उहाँको सपथ ग्रहण गर्न मिल्छ । तर, मेरो कार्यकक्षमा ल्याउनु, म उहीँ (जेलमा) जाँदैन भनेको थिएँ । अब उहाँहरुले ल्याउने पहल गर्नुभो ।

चौधरीलाई संसदमा उपस्थित गराउने काम पनि आजै हुन्छ कि ?

उहाँको मुद्दा बाँकी नै छ । मुद्दा सकिएपछिमात्रै आउनुहुन्छ । उहाँको मुद्दा त यथावतै छ । प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बन भन्ने शब्द छैन, तर, निलम्वनजस्तै छ । त्यसैले, प्रहरीले लिएर आउँछ र सपथ ग्रहणपछि आफ्नोमा (कारागारमा) लग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?