
Photo Credit : चन्द्र आले /अनलाइनखबर
१० माघ, काठमाडौं । नेपाल विद्यार्थी संघले सानेपास्थित नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयममा दुई घण्टा धर्ना दिएका छन् ।
अबैधानिक रुपमा नेविसंघको म्याद थप गरेर संगठनको गतिरोध गरेको भन्दै विद्यार्थी नेताहरुले धर्ना दिएका हुन् ।
केन्द्रीय समितिको बैठकमा सहभागी हुन कार्यालय पुगेका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरुलाई विद्यार्थीहरुले ध्यानाकर्षण गराएका छन् ।
नेविसंघका अध्यक्ष र महामन्त्रीले अहिलेसम्म आफ्नै जिल्लामा समेत महाधिबेशन गर्न नसकेको भन्दै असन्तुष्ट विद्यार्थीहरुले यो नेतृत्वले संगठन चल्ने नसक्ने आरोप समेत लगाएका छन् ।
अहिलेको नेतृत्वले महाधिबेशन पनि गर्न नसक्ने र स्ववियु निर्वाचन पनि गर्न नसक्ने भन्दै विद्यार्थीहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।
सबै तस्वीर : चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4