+
+

दीपशिखा भन्छिन्–‘निर्देशकले धोका दिदा सुन र गाडी बेचेँ’

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते ११:२४

फागूणको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमलीला’की निर्मात्री तथा नायिका दीपशिखा खड्का र निर्देशक जनक पाण्डेविचको लफडा चुलिएको छ । नायिकाले केही दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा जनकलाई लात्तो हानेर निकालेको बयान दिएकी थिइन् । अब, उनै नायिकाले जनकलाई आर्थिक हिनामिना गरेको समेत आरोप लगाएकी छिन् ।

चलचित्रको आधा छायांकन सकिएपछि सेट छाडेर हिडेका पाण्डेले चलचित्रमा लगानी पनि गर्ने भनेको तर एक रुपैयाँ ननिकालेको उनको आरोप छ । यतिमात्र होइन, आफूसँग लिएको रकम समेत पाण्डेले हिनामिना गरेको आरोप लगाएकी छिन् । निर्देशक पाण्डेले धोका दिएका कारण आफूले सुन र गाडी बेचेर चलचित्र बनाएको आरोप उनको छ । उनले, निर्देशक पाण्डेकी श्रीमतीले आफूलाई फोनमा अपशब्द प्रयोग गरेको समेत आरोप लगाएकी छिन् ।

दीपशिखाका अनुसार, पाण्डेले आफ्नो कुरा नसुनेपछि गाली गरेर म्यासेज गरेको, प्रहरी केस लगाइदिने धम्की दिएको बताएकी छिन् । तर, पनि पाण्डेले कुनै जवाफ नदिएको उनको भनाई छ । यस्तो कुराले आफूलाई मानसिक तनाव भएको पनि उनले उल्लेख गरेकी छिन् । प्रेमकथामा आधारित यो चलचित्रमा दीपशिखाको साथमा अली खान र मौसम खड्काको मुख्य भूमिका छ ।

अहिले चलचित्रको प्रचारमा निर्देशकको नाम उल्लेख गरिएको छैन । नायिकाले लगाएको आरोपको बारेमा जनकले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?