+
+

तरुण दलको प्रश्न : यो के दम्भ हो, राणा–राजा फालेको स्मरण छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १८:५०

११ माघ, पोखरा । कांग्रेस अवरोधबीच संघीय संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुँदै गर्दा गण्डकी प्रदेशको राजधानी पोखरामा तरुण दलले बिरोध कार्यक्रम हुँदै थियो ।

सरकारले अधिनायकवादी चरित्र देखाइरहेको भन्दै प्रदेशस्तरीय विरोध कार्यक्रममा नेताहरु गर्जिए, ‘अधिनायकवादी कम्युनिस्ट सरकार यो के दम्भ हो । राणा–राजा फालेको स्मरण गर, नत्र अब कम्युनिस्ट सरकार पनि फालिन्छ ।’

सरकारले संसदबाट जबर्जस्ती चिकित्सा विधेयक ल्याएकोदेखि कांग्रेस नेताको नाममा सञ्चालित दुई अस्पताललाई केन्द्र सरकार मातहत नराखेकोमा कांग्रेसका नेतादेखि तरुण दलका नेतासम्मले आपत्तिमात्रै जनाएनन्, सडकबाटै कम्युनिस्ट सरकार ढाल्नेसम्मको उद्घोष गरे । अधिकांश कांग्रेस तथा तरुण नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारीमा खनिए । वाइडबडी कान्डमा भस्टाचार गरेको भन्दै अधिकारीको गृह जिल्लामा उनकै तरुण दलले उनको राजीनामा माग्यो ।

निर्मला पन्तलाई न्याय दिनुको सट्टा बलात्कारीलाई संरक्षण गरेको, गोविन्द केसीको माग, सुन काण्ड लगायतमा सरकारले दम्भ देखाएको तरुण नेताहरुको भनाइ थियो । कम्युनिस्ट सरकार दम्भी, अधिनायकवादी र पक्षपाती बनेको आरोप तरुण दलको आरोप छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिस्ट सरकारको दम्भ र अधिनायकवादी चरित्रको अन्त्य गर्न सडक आएको बताए । ‘अब कम्युनिस्ट सरकारलाई देशबाटै पत्तासाप पार्न हामी जनताका माझमा आएका हौं,’ अध्यक्ष बस्नेतले भने । कम्युनिस्ट सरकार आएपछि देशमा महंगी, भस्ट्राचार र बलात्कार बनेको उनको भनाइ थियो ।

उनले सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनीसमेत दिए । ‘तरुण अब सडकमा आयो । तरुणलाई कसैले दबाउने कोसिस नगरोस्,’ अध्यक्ष बस्नेतले भने, ‘यो सरकार अब धेरै चल्दैन ।’ उनले नेकपा सरकारको विरोधमात्रै गरेनन्, नेपाली कांग्रेस गुट र फुटबाट एक भइसकेको समेत बताए । ‘महासमिति बैठकपछि कांग्रेस एक भइसक्यो । अब सबै जिल्ला–जिल्लामा पनि मिल्छ । अनि देख्नेछ, यो सरकारले कांग्रेस कसरी जागेको छ ।’

आफू स्ववियु सभापति हुँदा पर्यटनमन्त्री अधिकारी सभापति भएको स्मरण गर्दै अध्यक्ष बस्नेतले अधिकारीलाई अहिले नाम लिन, सम्झिनै छोडिसकेको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा बोल्ने अधिकार कुन्ठित गरेर विधेयक ल्याएको सरकारले कालको नजिक रहेको बताए । सरकारले अधिनायकबादी चरित्र देखाइरहेको बताउँदै पोखरेलले कम्युनिस्ट सरकारको अभिष्ट पूरा हुन नदिने भनाइ राखे ।

नेपाली कांग्रेस कास्की अध्यक्ष कृष्ण केसीले महंगी, अभाव र भस्ट्राचारमा कम्युनिस्ट सरकार भेटिएको बताए । तरुण तलका उपाध्यक्ष उत्तम चापागाईंले अधिनायकवादी सरकार धेरै नटिक्ने दाबी गरे ।

‘हामीलाई स्थित सरकार चाहिएको थियो । नेकपालाई बनायौं,’ उनले भने, ‘दुई तिहाइ मतलाई हतियार बनाएर बलमिच्याईं गरिरहेको सरकारलाई अब जनताले नै ढाल्छन् ।’

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारका मान्छे र जनताबीच ठूलो खाडल पैदा भएको बताए । ‘३३ किलो सुन कान्ड के भयो ? सिन्डिकेट अन्त्य कसरी भयो ?,’ शाहीले प्रश्न गरे, ‘अस्ति सुन भेटिएको प्रहरीसम्म पुग्दा तामा भएछ । सरकारले सुन खाने, जनताले नुन खान नपाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?