+

सोमपाल एक्लैले लिए ५ विकेट

२०७५ माघ  १२ गते १६:१३ २०७५ माघ १२ गते १६:१३
सोमपाल एक्लैले लिए ५ विकेट

१२ माघ, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि शानदार जित हात पार्दा सोमपाल कामीले नयाँ बेञ्चमार्क कायम गरेका छन् ।

नेपालले २४३ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुमा नै सोमपालले नराम्रो झड्का दिए ।

उनले लगातार चार ओभरमा चार विकेट लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाए । पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवर र छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए ।

२० औं ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए ।

यससँगै सोमपाल एकदिवसीय म्याचमा पाँच विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । ६.३ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएका थिए ।

यसअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसीय खेल्दा ८.४ ओभरमा ३४ रन खर्चिएर ३ विकेट लिएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय