+
+

सरकारविरुद्ध बुटवलमा तरूण दलको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १२ गते १९:२१

१२ माघ,बुटवल । प्रमुख विपक्षी काग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । कम्युनिस्ट सरकारको चमत्कारः महंगी, बलात्कार र भ्रष्टाचार’को नारा दिएर भएको प्रदर्शनमा उल्लंख्य संख्यामा कांग्रेस नेता कार्यकर्ताको सहभागिता थियो ।

बिरोधसभालाइ सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारले तानाशाही बन्दै गएको बताए । चिकित्सा शिक्षा विधेयक जवरर्जस्ती पारित गराएको र कांग्रेसका नेताहरुको नाममा खुलेको अस्पताल बन्द गराउन खोजेको भन्दै विरोध गरे ।

उनले अघि भने, ‘पार्टी सभापतिज्यू हामीलाई आदेश दिनुस् । यो सरकार सडकबाटै फालेर देखाइदिन्छौं ।’

उपाध्यक्ष उत्तर चपागाईले सरकारले सगठित रुपमा भष्ट्राचारलाई संरक्षण दिएको आरोप लगाए ।

बुटवलको अस्पताल लाइनबाट शुरु भएको र्‍याली राजमार्ग चौराहामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?