१२ माघ,बुटवल । प्रमुख विपक्षी काग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । कम्युनिस्ट सरकारको चमत्कारः महंगी, बलात्कार र भ्रष्टाचार’को नारा दिएर भएको प्रदर्शनमा उल्लंख्य संख्यामा कांग्रेस नेता कार्यकर्ताको सहभागिता थियो ।
बिरोधसभालाइ सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारले तानाशाही बन्दै गएको बताए । चिकित्सा शिक्षा विधेयक जवरर्जस्ती पारित गराएको र कांग्रेसका नेताहरुको नाममा खुलेको अस्पताल बन्द गराउन खोजेको भन्दै विरोध गरे ।
उनले अघि भने, ‘पार्टी सभापतिज्यू हामीलाई आदेश दिनुस् । यो सरकार सडकबाटै फालेर देखाइदिन्छौं ।’
उपाध्यक्ष उत्तर चपागाईले सरकारले सगठित रुपमा भष्ट्राचारलाई संरक्षण दिएको आरोप लगाए ।
बुटवलको अस्पताल लाइनबाट शुरु भएको र्याली राजमार्ग चौराहामा पुगेर विरोधसभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4