+
+

सरकारबिरुद्ध धनगढीमा तरुणदलको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १७:१०

१४ माघ, कैलाली । नेपाल तरुण दलले सोमबार धनगढीमा सरकारविरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

सरकारले बढ्दो महंगी, भ्रस्टाचार र शान्ती सुरक्षा कायम गर्न नसकेको भन्दै त्यसको बिरोधमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोध र्‍यालीमा सहभागीहरुले डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाएका थिए ।

जुलुस पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

बिरोध जुलुसमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट तरूणदल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता धनगढी पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?