+
+

प्रहरीलाई गलत सूचना दिँदै हुनुहुन्छ ? पक्राउ पर्नु होला नि !

गलत सूचना दिएको आरोपमा दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १६ गते १३:३५

१६ माघ, काठमाडौं । कुनै पनि अपराधिक घटना भए सर्वसाधारणले प्रहरीलाई तुरुन्त सूचना दिन सकुन् भनेर प्रहरीले राखेको नम्बर हो, १०० । जुन नम्बरमा फोन गरेर हुँदै नभएको घटनाको सूचना दिएर दुःख दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भइ काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटाकी २२ वर्षीय सरिता बस्नेत छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी धिरजप्रताप सिंहले बताए ।

उनका अनुसार उनीहरुले मादक पदार्थ सेवन गरेर विभिन्न स्थानमा घटना भएको भन्दै गलत सूचना दिएर प्रहरीलाई दुःख दिने गरेका थिए । पटकपटक सम्झाउँदा समेत उल्टै अश्लिल गाली गरेर हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको सिंहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?