+
+

क्यान इन्फोटेक मेला : दुई दिनमा एक लाखद्वारा अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १६ गते २१:१६

१६ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ-नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ ।

मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ ।

मेलामा प्रविधिको माध्यमबाट अध्ययन गराइएको थियो । धादिङबाट क्यान इन्फोटेक अवलोकन गर्न आएको विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाट अध्यापन गराएका थिए ।

बिहीबार बूढानीलकण्ठका शिक्षकले प्रविधिको प्रयोग गरी मेला अवलोकनका लागि आउने विद्यार्थीलाई पठनपाठन गराउने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्टि्रव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्िटच्युट, सˆटवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रालि हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रालि हो ।

डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रालि र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् ।

मेलाको सिल्भर स्पोन्सरमा एसएचटिसी इन्टरनेसनल, एस-पावर बिपिई प्रालि र टेक्नोज कर्पोरेसन -नेपाल) प्रालि तथा पि्रन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ ।

क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बिमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सरमा सञ्चारतर्फ नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफ वान सफ्ट इन्टरनेसनल प्रालि रहेका छन् ।

जानकी टेक्नोलोजी प्रालि अफिसियल एसएमएस पार्टनर र अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ ।

मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई-सेवा फोनपे प्रालि, अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रालि, अफिसियल सिसिटिभी पार्टनरमा ई-थ्री सेल्स एन्ड सर्भिस प्रालि र अफिसियल क्रिएटिभमा वान अप प्रालि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?