+
+

विप्लवका ७ विद्यार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते १७:१८

२१ माघ, काभ्रे । नेत्र विक्रम चन्द  (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ७ जना विद्यार्थी पक्राउ परेका छन् । बनेपामा प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विद्यार्थी व्यूरो संयोजक मुकुन्द श्रेष्ठ लगायतका नेताहरु छन् । प्रर्दनको क्रममा बनेपास्थित अरनीको राजमार्गको चार दोबाटो हुँदै बनेपा तीन दोबाटो आएका विद्याथीहरुलाई प्रहरी पक्राउ गरेको हो ।

उनीहरुले जिल्लाका दर्जन बढी उच्च माध्यामिक विद्यालयलाई अनिवार्य विद्यार्थी उपस्थित गराउन उर्दी जारी गरेको आरोप छ ।

आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको रिहाइ गर्नुपर्ने, एनसेलाई कारबाही गरनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

पक्राउ परेका विद्यार्थीहरुको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?