+
+

सरकारविरुद्ध रामेछापमा कांग्रेसको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते १६:३२

२१ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा सरकारको बिरोधमा प्रर्दशन गरेको छ । कांग्रेसले सोमबार दिउँसो सराकारको विरोधमा प्रदर्शन गरेको हो ।

मन्थलीको बीपी चोकबाट सुरु भएको कांग्रेसको विरोध र्‍याली मन्थली बजार परिक्रमा गरी बीपी चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई कांग्रेस जिल्ला सभापति लवश्री न्यौपाने, नेताहरु ध्रुव लामा, अर्जून केसी, लेखबहादुर कार्की, विनोद कार्की, जितबहादुर मगर, गंगा अधिकारी, काजि बहादुर कार्की, सुशील अधिकारी लगायतले सम्बोधन गरेका थिए ।

र्‍यालीमा सरकारले सर्बसत्ताबाद लाद्न खोजेको भन्दै सरकार विरुद्ध नारा लगाइएको थियो

कोणसभाका वक्ताहरुले समेत सरकारको आलोचना गर्दै सरका नसच्चिए कांग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?