२१ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा सरकारको बिरोधमा प्रर्दशन गरेको छ । कांग्रेसले सोमबार दिउँसो सराकारको विरोधमा प्रदर्शन गरेको हो ।
मन्थलीको बीपी चोकबाट सुरु भएको कांग्रेसको विरोध र्याली मन्थली बजार परिक्रमा गरी बीपी चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई कांग्रेस जिल्ला सभापति लवश्री न्यौपाने, नेताहरु ध्रुव लामा, अर्जून केसी, लेखबहादुर कार्की, विनोद कार्की, जितबहादुर मगर, गंगा अधिकारी, काजि बहादुर कार्की, सुशील अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
र्यालीमा सरकारले सर्बसत्ताबाद लाद्न खोजेको भन्दै सरकार विरुद्ध नारा लगाइएको थियो
।
कोणसभाका वक्ताहरुले समेत सरकारको आलोचना गर्दै सरका नसच्चिए कांग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4