काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देको सम्झौता एक वर्ष थप भएको छ ।
५५ वर्षका स्पेनिस भालभर्दे २०२०-०२१ को सिजनसम्म बार्सिलोनामा रहने क्लबले जनाएको छ ।
बार्सिलोनाका पूर्व स्ट्राइकरसमेत रहेका भालभर्दे २०१७ को मे महिनादेखि बार्सिलोनाको प्रशिक्षकमा छन् । उनले बार्सिलोनाको प्रशिक्षक बनेको पहिलो सिजन नै ला लिगा र कोपा डेल रे दुवै जिताएका थिए ।
बार्सिलोना जारी सिजन पनि ला लिगाको शीर्ष स्थानमा नै छ । यही सिजनको अन्त्यमा सम्झौता सकिने भए पनि बार्सिलोनाले भालभर्देलाई थप एक वर्ष सम्झौता गराएको हो ।
भालभर्देले बार्सिलोना प्रशिक्षक भएपछि खेलाएका ९६ खेलमा ६५ खेल जिताएका छन् । २२ खेल बराबरी भएको छ । ९ खेल हारेका छन् ।
प्रतिक्रिया 4