
१४ फागुन, काठमाडौं । पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूले भनेका छन्, ‘बेवकूफ साथीभन्दा समझदार दुश्मन राम्रो हुन्छ । भारतले दुश्मनीमा झुठको सहारा लिएको छ ।’
मंगलबार विहान बालाकोट आक्रमणलाई लिएर भारत र पाकिस्तानले आआफ्नो दाबी जारी छ ।
भारतले पाकिस्तानी भूमिमा रहेको जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ । पाकिस्तानले भने आफूले जवाफी कारबाही गरेपछि भारतीय सेना बम खसाल्दै भागेको दाबी गरेको छ ।
कुनै मानवीय क्षति नभएको उसले बताएको छ । त्यही क्रममा पाकिस्तानी सेनाका प्रवक्ता गफूरले भनेका छन्, ‘भारतीय मिडियाले दाबी गरेका छन् कि भारतीय वायुसेनाको विमान २१ मिनेटसम्म पाकिस्तानी सीमामा रह्यो । तर, हामी भनिरहेका छौं कि उनीहरु आओस् र २१ मिनेटसम्म बसेर देखाओस् ।’
उनका अनुसार भारतीय विमान सीमासम्म आएको सूचना राडरबाट प्राप्त भएको थियो ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर गफूर भन्छन्, ‘हामीले तीनै ठाउँमा उनीहरुको विमानलाई जवाफ दियौं । दुई ठाउँमा त उनीहरु सीमामा प्रवेश नै गर्न पाएनन् । तेस्रो ठाउँमा हाम्रो सीमामा आए र करिव ४ मिनेटपभत्र फर्किएर जानु पर्यो ।’
उनकाअनुसार फर्किने क्रममा चार बम खसालियो । तर, यसले कुनै मानवीय क्षति भएको छैन ।
भारतले २५० चरमपन्थी मारिएको दाबी गरेको छ तर, त्यहाँ एउटै शव समेत भेटिएको छैन ।
गफूर भन्छन्, ‘भारतले पाकिस्तानलाई छक्काउन सक्दैन । हामी यस्तो अवस्थाका लागि तयार थियौं । अलग रुपमा जवाफ दिन्छौं र भारतलाई सरप्राइज दिन्छौं ।’
गफूर तिनै हुन्, जसले भारतीय वायुसेना पाकिस्तानी भूमिमा प्रवेश गरेको पहिलो सूचना दिएका थिए ।
प्रतिक्रिया 4