+
+

काज सरुवाको २१ दिनमै तानिए दार्चुलाका डीएसपी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते १६:३२

२० फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी प्रमुख २१ दिनमै फेरिएका छन् ।

काज सरुवा गरिएका दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजाल पुनः साबिककै दरबन्दीमा पठाइएका हुन् ।

सोमबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीमा उनको ठाउँमा डीएसपी दिपेन्द्र शाहीलाई पठाइएको छ ।

रिजाल यसअघि २८ माघमा महानगरीय प्रहरी पहरागञ्ज, सामाखुशीबाट दार्चुला सरुवा भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?