+
+

स्वतन्त्र मधेसको नाराबारे गृहमन्त्री भन्छन् : अन्तिम विदाई कार्यक्रम हो

टोपराज शर्मा टोपराज शर्मा
२०७५ फागुन २७ गते ११:०३

२७ फागुन, बुटवल । सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री रामबहादुर थापाले अन्तिम विदाई कार्यक्रम भनेका छन् ।

‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ,’ प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘त्यो अन्तिम विदाईको कार्यक्रम हो ।’

उनले शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको उनले बताए । जनमत संग्रहबारे सोधिएको प्रश्नमा गृहमन्त्री थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए । राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रष्ट पारे ।

गृहमन्त्री बादलले विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रह समेत गरे ।

वार्तामा नआए शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘राज्यविरोधी, संविधान विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौति दिन खोजिएको छ तर त्यस्ता तत्वलाई नियन्त्रण र निस्तेज गर्ने प्रकृया अघि बढाइसकेको छ ।’

सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।

 

 

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?