+
+

सिके राउतसँगको सम्झौताको बिरोधमा नागरिक अगुवाको प्रदर्शन

कृष्ण पहाडीसहित प्रदर्शनकारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १३:४३

२९ फागुन, काठमाडौं । सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दै नागरिक अगुवाहरुले सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । सिके राउतसँग गरिएको सम्झौतालाई ‘अपराजधजन्य सहमति’ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

विखण्डनको अभियान परित्याग गर्ने सहमति भएको भनिएपछि सम्झौताको बुँदा नम्बर २ लाई जनमतसंग्रहका रुपमा ब्याख्या गरिएको भन्दै नागरिक अगुवाहरुले यो सम्झौताले राष्ट्रिय अखण्डतामा प्रहार गरेको बताएका छन् । तर, विखण्डन अभियान त्याग्न तयार भए सकरात्मक रूपमा लिने उनीहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा ११ बुँदे नौटंकी अपराधजन्य सहमति, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकिएका थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?