+
+

गोरखाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

विकास मरहट्टा विकास मरहट्टा
२०७५ फागुन ३० गते १०:३३

३० फागुन, गोरखा । गोरखाका दुई स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने २ स्थानमा भेटिएका शंकास्पद वस्तु पोखराबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जानकारी दिए ।

शंकास्पद वस्तु फेला परेसँगै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?