
१ चैत, जनकपुरधाम । प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् ।
शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए ।
जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ ।’
उनले शान्ति र प्रगति होस् भनेर आफूले कामना गरेको बताए । ‘जानकी मन्दिरमा पूजापाठ गरेर के माग्नुभयो ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘सबैको भलो होस् ।’
मुलुकमा शान्ति र प्रगतिको आवश्यकता रहेको उनले बताए । के अहिले देशमा शान्ति छैन र ? भन्ने प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तपाईंले नै हेर्नुस् जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ, के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।’
प्रतिक्रिया 4