+
+

विप्लव समूहको बन्द फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते २०:१९

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ ।

प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो ।

विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको पुष्टि गरे । उनले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिए ।

एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उनको भनाइ छ ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियव ।

सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?