+
+

लगानी सम्मेलनमा आउने कुनै पनि देशका नागरिकले भिषा शुल्क तिर्नु नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते ११:०६

१५ चैत, काठमाडौं । सरकारले लगानी सम्मेलनमा आउने विदेशी पाहुनासँग भिषा शुल्क नलिने निर्णय गरेको छ । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनका लागि आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिइने भएको हो ।

सम्मेलनका लागि आउने विदेशी लगानीकर्ता र उनीहरुका प्रतिनिधिको विवरण लगानी बोर्डले अध्यागमन विभागलाई उपलब्ध गराएको छ ।

त्यसैको आधारमा विभागले सम्मेलनका लागि आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिने व्यवस्था मिलाइएको जनाएको छ ।

वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आकषिर्त गर्ने उद्देश्यले शुक्रबारबाट शुरु भएको लगानी सम्मेलन शनिबार पनि जारी रहनेछ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको सहभागिता छ । नेपाल सरकारको निमन्त्रणामा विभिन्न ४० देशहरुबाट ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका लगानी बोर्डले जनाएको छ ।

सम्मेलनमा लगानीका लागि नेपालको निजी क्षेत्रको तर्फबाट २७ र सरकारले छनोट गरेका ७७ वटा परियोजनाहरु लगानीकर्ता समक्ष प्रस्ताव गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?