+
+

मुथुट समूहका अध्यक्षले भने : एयरपोर्टको सत्कारले नै थाहा हुन्छ नेपालको लगानीको भोक

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १४:०८

१५ चैत, काठमाडौं । भारतको मुथुट समूहका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको बताए ।

वैदेशिक लगानी भित्र्याउन नेपाल सरकार आर्थिक रुपमा बलियो बन्ने प्रयासमा रहेको उनले बताए । त्यसको प्रमाण यो लगानी सम्मेलन भएको उनको भनाइ छ ।

‘यो सम्मेलने पनि नेपाल आर्थिकरुपमा बलियो बन्न प्रयत्न गरिरहेको पुष्टि गर्छ’, उनले भनेका छन् । ‘१९८२ मा पहिलो पटक म नेपाल आएको थिएँ, त्यो समय र अहिले धेरै भिन्नता पाएँ, नेपालले धेरै गर्न सक्छ, उनले भने ।

वैदेशिक लगानी भित्र्याउन नेपालको आतुरता लगानीकर्ताहरुलाई गरिएको स्वागत, सत्कारले पनि पुष्टि गर्ने उनले बताए । विमानस्थलदेखि यहाँसम्मको सेवा सत्कारले नेपालको वैदिशक लगानीको भोक प्रष्ट थाहा हुन्छ, यहाँहरु वैदेशिक लगानी भित्र्याउन जे पनि गर्न तयार हुनुहुन्छ भन्ने बुझिन्छ’, उनले भने ।

नेपालको तीव्र आर्थिक विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धताको उनले पटक पटक प्रशंसा गरे ।
जतिसक्दो छिटो आर्थिक रुपमा सम्पन्न बन्न नेपालले वैदेशिक लगानीको आवश्यकता देख्नु खुशीको कुरा भन्दै उनले सम्बोधनकै क्रममा ताली बजाएका थिए ।

भारतको केरलमा मुख्यालय रहेको मुथुट समूहका ६७ करोड ग्राहक छन् । यो समूहलाई युनाइटेड फाइनान्सले रणनीतिक साझेदारका रुपमा नेपाल भित्र्याएको हो । भारतमा गोल्ड लोनमा मुथुट समूह सबभन्दा ठूलो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?