+
+

‘दक्षिण एशियामा विद्युत बेच्ने अवसर छ नेपाललाई’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १५:०९

१५ चैत, काठमाडौं । चीनको पूर्वाधार कम्पनी पावर चाइनाका प्रवन्धक सोङ डोङसोङले दक्षिण एशियाको उर्जा बजारमा नेपालका लागि अवसर रहेको बताएका छन् ।

शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै उनले विद्युत बजार विस्तारका लागि नेपाल तयार रहनु पर्ने बताए ।

चीनको प्रतिव्यक्ति विद्युत खपत भारत र बंगलादेशको भन्दा धेरै भएको भन्दै उनले केही समयपछि दक्षिण एशियाली मुलुकहरुमा पनि विद्युतको माग बढ्ने बताए ।

‘दक्षिण एशियाली मुलुकहरुमा विद्युतको माग केही समयपछि चीनको जत्तिकै हाराहारीमा पुग्छ, त्यसैले विद्युत बजार विस्तारमा नेपाल तयार रहनुपर्छ’, उनले भने ।

नेपालको उर्जा क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै उनले यसमा चिनियाँ लगानीकर्ता पनि ईच्छुक रहेको बताए । ‘उर्जामा धेरै सम्भावना छ, चिनियाँ पनि ईच्छुक छन्, मलाई लाग्छ चीनका लागि उर्जा, प्रविधि लगायतका माध्यमबाट लगानीको प्रमुख आकर्षण बन्ने मैले अपेक्षा लिएको छ’, उनले भने ।

पूर्वाधार, उर्जा लगायतका क्षेत्रमा काम गर्दै आएको पावर चाइना चीनको सबभन्दा ठूलो बहुराष्ट्रिय कम्पनी हो ।  हाइड्रो पावर, थर्मल पावर, वैकल्पिक उर्जा, पूर्वाधार, औजार-उपकरण, रियलस्टेट क्षेत्रमा पावर चाइनाले काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?