+
+

नेपालमा लगानी ल्याउनेले घाटा खानुपर्दैन : सुरज वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १८:११

१५ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पर्यटन वर्ष २०२०मा संयोजक सुरज वैद्यले नेपालमा गरिने लगानीमा घाटा ब्यहोर्नुनपर्ने अवस्था रहेको बताएका छन् । लगानी सम्मेलनमा सहभागीहरुलाई सम्बोधन गर्दै वैद्यले युनिलिभर, डाबर र एनसेललाई हेरेर लगानी ल्याउन अनुरोध गरे ।

वैद्यले नेपालमा २० प्रतिशतसम्म नाफा लिन सकिने भन्दै लगानीकर्तालाई विश्वस्त भएर लगानी ल्याउन आग्रह गरे । उनले नेपालमा स्थिर सरकार पनि बनेकाले कसैले सशंकित हुन नपर्ने उल्लेख गरे ।

वैद्यले नेपालमा कृषिमा ठूलो सम्भावना रहेको बताउँदै त्यतातर्फ ध्यान दिनुपर्नेमा समेत जोड दिए । ठूलो मात्रामा कृषिजन्य वस्तुको आयात गर्नुपर्ने अवस्था देखिएको भन्दै वैदेशिक लगानी आए त्यसले ठूलो प्रतिफल दिने उनको तर्क छ ।

नेपालमा भौगोलिक विविधता रहेको भन्दै उनले यस्तो फरक-फरक खालको हावापानीलाई ध्यानमा राखेर कृषिजन्य लगानी ल्याउनुपर्ने उनी बताउँछन् ।

अहिलेसम्म नेपालमा रासायनिक मल कारखना नरहेको स्मरण गराउँदै वैद्यले यस्ता फाइदाजनक प्लान्टमा पनि लगानी आउन आवश्यक रहेको बताए ।

उनले पर्यटन पनि लगानीकर्ताका लागि निकै प्रतिफल दिनसक्ने क्षेत्रका रुपमा रहेको उल्लेख गरे । उनले विश्वभर स्वीट्जरल्याण्ड चर्चा हुने गरेपनि त्यो भन्दा नेपालको मुस्ताङ निकै राम्रो रहेको दावी पनि पेश गर्न भ्याए ।

यहाँ पर्वतीय मात्रै नभएर धार्मिक पर्यटन विकासको सम्भावना पनि प्रशस्त रहेको भन्दै उनले भूकम्पले थलिँदा समेत पर्यटक आगमन बढ्नेुले नेपालमा कति सम्भावना छ भने प्रष्ट पर्ने उनको भनाइ छ ।

उनले नेपाललाई आध्यात्म र योग साधनाको गन्तब्य पनि बनाउन सकिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?