+
+

नेपालमा लगानी गर्ने उत्तम समयः परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १८:५४

१५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि मुलुकमा अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण तयार भएको बताएका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायतले विगतको भन्दा सहज वातावरण तयार गरेको दावी गरे ।

लगानीका लागि नेपाल भर्जिन ल्यान्ड भएको दावी गर्दै उनले राजनीतिक स्थिरताका कारण पनि अब समस्याहरु हट्दै गएको बताए ।  राजनीतिक वातावरण सहज बन्दै गर्दा र लगानीमैत्री ऐन, नियम तथा नियमावली आउँदै गर्दा ढुक्कसँग लगानी गर्न सकिने अवस्था आएको मन्त्री ज्ञवालीले बताए ।

नेपालमा मेहनती युवा जनशक्ति र सस्तो श्रम शक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने प्रष्ट पारे । लगानीकर्तालाई सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने नीति लिइएको पनि उनले जानकारी दिए । लगानी ल्याउन नीतिगत तथा प्रक्रियागत सहजीकरण गरिएको ज्ञवालीको दावी थियो ।

उनले अन्तरदेशीय प्रशारण लाइन निर्माण गरी नेपालमा उत्पादित बिजुली क्षेत्रीय बजारमा लैजान सक्ने वातावरण निर्माण भएको, नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

लगानीकर्ताका लागि सहजीकरण गर्दै अनलाइनबाटै कम्पनी दर्ता गर्ने र राजस्व भुक्तानी गर्ने व्यवस्था गरिएको भन्दै उनले सबै प्रकारका सेवा सहज रुपमा दिइनेसमेत स्पष्ट पारे । हाल नेपालमा लगानी गर्न अहिलसम्मकै उत्तम समय बनेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?