+
+

सरकार अधिनायकवाद होइन, समाजवादको बाटोमा छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १३:५३

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादको बाटोमा नभई समाजवादको बाटोमा हिँडिरहेको दावी गरेका छन् ।

काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा उनले सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार भइरहेको बताए ।

‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ’ उनले भने समतामूलक समाज निर्माण गर्न तिब्र गतिका साथ अघि बढ्दैछ, यस अवसरलाई हामी कसैले पनि तलमाथि गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराए । उनले पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रह गरे ।

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गरे ।

परिषदका अध्यक्ष समेत रहेका उनले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्षभित्र पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अव तीव्रताका साथ अघि बढाउने योजना पनि अघि सारे । सरकारले विकास निर्माणको कामलाई विना विवाद अघि बढाउन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?