+
+

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते २०:३०

१ वैशाख, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए ।

समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

अर्का असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल छन् ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?