
१० वैशाख, काठमाडौं । प्रहरी किताबखाना, लैनचौरका एक कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत् नायब सुब्बा सुरज केसी छन् ।
उनले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
उनका अनुसार विशेष सुराकीको आधारमा गएको टोलीले घुस रकम लिँदैगर्दा उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । थप अनुसन्धान जारी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4