+
+

नवलपरासीमा डोजरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते ११:४३

१२ वैशाख, नवलपरासी । बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर  (जेसिबी)मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी-२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगजनी भएको हो ।

आगलागीबाट जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गैडाकोट १० सम्झना चोकमा प्रेमप्रसाद सापकोटाको घर डेरा गरी बस्ने गीता सापकोटाको परालको टौवामा आगलागी भएको छ ।

आगलागी प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएको गैडाकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?