१२ वैशाख, नवलपरासी । बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर (जेसिबी)मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी-२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगजनी भएको हो ।
आगलागीबाट जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी गैडाकोट १० सम्झना चोकमा प्रेमप्रसाद सापकोटाको घर डेरा गरी बस्ने गीता सापकोटाको परालको टौवामा आगलागी भएको छ ।
आगलागी प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएको गैडाकोट प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4