+
+

फेवातालमा माछापुच्छ्रेसँगै राष्ट्रिय झन्डाको छाँया !

पार्क बनाउन ४ करोड लाग्ने अनुमान

विकास रोकामगर विकास रोकामगर
२०७६ वैशाख १६ गते १७:४५

१७ वैशाख, पोखरा । विशाल निलाम्मे भएर फैलिएको फेवाताल । त्यही फेवातालमा पौडिरहेको माछापुच्छ्रे हिमाल । यो रहरलाग्दो दृश्य पोस्टकार्ड वा फोटोहरुमा धेरै देखिन्छ । सायद गायक प्रेमप्रकाश मल्लले त्यही दृश्यको बयान गर्दै गाएका हुन सक्छन् :

‘माछापुच्छ्रे  फेवातालमा पौडी खेल्दो रै’छ
पोखरा त साँच्चिकै नै पोखरा नै रै’छ…’

क्षेत्रीय सिञ्चाई कार्यालयको परिसरबाट मात्रै फेवातालमा माछापुच्छ्रे को प्रतिविम्ब देख्न सकिन्छ । यसअघि सो ठाउँ सर्वसाधारणका लागि सहज थिएन । अब सो स्थानमा पार्क बनाउने र सबै सर्वसाधारणका लागि खुल्ला गरी पर्यटक बढाउने महानगरले नीति लिएको छ । त्यतिमात्रै नभएर त्यहाँ राष्ट्रिय झन्डा राखेर फेवातालमा माछापुच्छे«सँगै नेपाली झन्डाको समेत प्रतिविम्ब देखाउने महानगरको तयारी छ ।

पोखरा महानगरले गण्डकी प्रदेश सरकारसँग समन्वय गरी उक्त स्थानमा फेवातालमा झन्डा र माछापुच्छ्रेको प्रतिविम्बसँगै देखिने गरी पार्क बनाउन लागेको हो । पार्क बनाउन महानगर र प्रदेश सरकारको संयुक्त लगानी हुनेछ । पार्क बनाउन ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

१७ रोपनी क्षेत्रफलमा बन्न लागेको पार्कमा ८० फिट अग्लो नेपालको झन्डा फर्फराइने भएको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मानबहादुर जिसीले उक्त पार्कको शिलान्यास गरेका छन् ।

शिलान्यासपश्चात मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्य चलिरहेको छ । सम्बन्ध बिग्रिएको हल्ला चलिरहन्छ । त्यो वास्तविकता होइन ।’
मुख्यमन्त्री गुरुङले पार्क निर्माणपछि पर्यटकीय गन्तव्य पनि थपिने विश्वास व्यक्त गरे । उनले भने, ‘पर्यटकीय गन्तव्य विस्तार गर्न नै पार्क निर्माणको परिकल्पना गरेका हौं । यो पार्क एउटा महत्वपूर्ण गन्तव्य हो । तोकिएकै समयमा नै निर्माण पूरा होस् ।’

महानगरका मेयर मानबहादुर जिसीले पार्क निर्माणले फेवाताल संरक्षणमा पनि टेवा पुग्ने बताए । ‘ताल संरक्षण गर्नै पनि पार्कले महत्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने, ‘ड्यामसाइड पनि लेकसाइड हो भनेर प्रमाणित गर्न पार्कले ठूलो भूमिका खेल्नेछ ।’

पार्कको पहिलो चरणको काम सक्न चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको थियो । जसमा नेपाली झन्डासहितको पार्कको पहिलो चरणको काम सक्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको महानगरले जनाएको छ ।

घाम दक्षिण भएका बेला फेवातालमा सजिलै हिमाल र झन्डाको छाँया देख्न सकिने महानगरका इन्जिनियर किसानसिंह गुरुङले बताए । ‘दिउँसो घाम र छाँयाको दिशा नमिल्ने भएकाले नदेखिन सक्छ तर दक्षिणतर्फ घाम गएका बेला सजिलै प्रतिविम्ब देखिन्छ,’ उनले भने ।

झन्डा राख्ने स्थान चयन र डिजाइनको नेतृत्व इन्जिनियर गुरुङले नै लिएका छन् । जसको साजसज्जा सोफिया गुरुङको जिम्मामा छ । पार्क निर्माण असार मसान्तमै सकिने महानगरले जनाएको छ । पार्कमा मान्छे जान मिल्ने गरी पुल बनाइने छ भने पार्क र झन्डालाई सुरक्षित बनाउन ठूलो पर्खाल पनि लगाइने इन्जिनियर गुरुङले सुनाए ।

झन्डा राख्दा एउटा पनि रुख काट्नु नपर्ने, रुखमै अडेस लागेर हिमाल र झन्डाको प्रतिविम्ब हेर्न मिल्ने बनाइएको रुखको तल जरामै बसेर हेर्न मिल्नेगरी पार्क बनाउँछौं । यसो गर्दा रुख पनि जोगिन्छ र दृश्य पनि हेर्न मिल्छ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?