+
+

ओमान जाँदा नेपाली श्रमिकलाई ‘शून्य लागत’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते २१:२७

२० वैशाख, काठमाडौं । ओमानसँगको श्रम समझदारीको मस्यौदामा सहमति जुटेको छ ।  योसँगैै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ ।

बिहीबार र शुक्रबार काठमाडौंमा सप्पन्न नेपाल र ओमानका अधिकारीहरु बीचको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो । शून्य लागतसहित श्रमिकका हक अधिकार सुनिश्चित हुने गरी सहमति जुटेको छ । मस्यौदाको सहमतिमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

ओमानसाग यसअघि दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदान-प्रदान भसकेेको थियो । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।

नेपालले हालै युएईसाग एमओयूको मस्यौदा पनि टुंग्याएको थियो । ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । यसअघि नेपाली टोलीले माघ १३ र १४ गते ओमनसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?