+
+

एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं : अर्थमन्त्री

लोकप्रिय बजेट ल्याएको स्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते २०:३४

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रियतावादी (पपुलिस्ट) बजेट ल्याएको स्वीकार गरेका छन् ।

१५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सरकारले सामाजिक सुरक्षा भत्ता, तलब बृद्धि गर्नुका साथै सांसदलाई ६ करोड दिने लगायतका वितरणमुखी कार्यक्रम समावेश गरेको छ ।

बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले लोकप्रियवादी बजेट ल्याएको स्वीकार गरे । पाँच वर्षका लागि आएको सरकारले दोस्रो वर्षमै किन पपुलिस्ट बजेट ल्याउन हतार गरेको भन्ने प्रश्नमा अर्थमन्त्री खतिवडाले भने, ‘धेरे पखाई राखेर धर्यको बाँध टुटाउन हुन्न ।’

एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं

बजेटमा सडक सुधारका लागि डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ सडक सुधार कर लगाएको छ । सडक सुधारका लागि यो कर लागिएको भन्दै खतिवडाले भने, ‘ तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’

६ करोडको बचाऊ 

अर्थमन्त्री खतिवडाले सांसदहरुलाई ६ करोड दिने कार्यक्रमको बचाउ गरे ।

बजेटमा ‘स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम’ रकम ४ करोडबाट बढाएर ६ करोड पुर्‍याइएको छ । विगतमा सांसदलाई पैसा बाँड्नु हुँदैन भन्ने मत राख्दै आएका खतिवडाले नै एकै पटक २ करोड बढाएपछि चौतर्फी आलोचना भएको छ ।

तर, अर्थमन्त्री खतिवडाले भने जनप्रतिनिधिलाई विकासबाट विमुख गराउन नहुने तर्क अघि सारेका छन् ।

राजनीतिक मुद्दाहरु सकिए, अब विकासको मुद्दा भनिरहेका बेला विकास गर्छु भनेर आएका सांसदहरुलाई निषेध गर्न नमिल्ने उनले बताए । ‘यो विकास गर्छौं, त्यो विकास गर्छौं भनेर चुनाव लड्नुभयो । उहाँहरुको जाजय कुरा नसुनेर जाने प्रजातान्त्रिक विधि हुँदैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘जनप्रतिनिधि नै संलग्न नभएको विकास कस्तो होला ?’

सांसदलाई पैसा बाँडेको नभई ६ करोड बराबरका योजना छनोट गरी त्यसको कार्यान्वयन अनुगमन गर्ने अधिकार मात्र दिइएको उनले बताए । यो कार्यक्रमको प्रभावकारी हेर्न सुझाए ।

यो पनि पढ्नुस्–

६ करोडको बचाउ गर्दै अर्थमन्त्रीले भने-सांसदलाई विकासबाट विमुख गर्न मिल्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?