
१७ जेठ, काठमाडौं । चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।
नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो ।उनी सेाल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । पर्यटन,
राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर हुन् ।
राणाका एक मात्र छोरा सिद्धार्थले अहिले उनले थालेका व्यवसायहरु हेर्छन् । सोल्टी होटलसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो ।
उनी पूर्वा राजा ज्ञानेन्द्रमा व्यवसायिक साझेदार मित्र पनि हुन् । उनले जीवनकालमा विभिन्न सम्मान र पुरस्कारहरु पाएका थिए ।
उनी होटल संघ नेपालका संस्थापक अध्यक्ष पनि हुन् । उनको जन्म सन् १९३५ मा भएको हो । उनको एक छोरा र एक छोरी छन् ।
नेपालको अग्रणी सोल्टी होटलका संस्थापक राणा नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटलको प्रणेता थिए । नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याई सफल रुपमा नेपाली होटललाई अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने श्रेयको हकदार पनि राणा हुन् ।
नेपालको पर्यटन प्रवर्द्धनमा उनको अतुलनीय सेवा र योगदानको कदर गर्दै देश विदेशबाट उनलाई विभिन्न मान पदवी अलंकारबाट विभूषित गरिएको थियो ।
स्वर्गीय राणाले होटल संघ नेपालको स्थापना वर्ष १९६६ देखि १९७६ सम्म अध्यक्षको हैसियतमा संघको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यवसायिक क्रियाशिलता बढाउँदै देशमा होटल उद्योगको विकास र विस्तारमा उदाहरणीय योगदान पुर्याएका थिए ।
उनको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति पुगेको होटल संघले जनाएको छ ।
प्रतिक्रिया 4