+
+

प्रहरी जवानविरूद्ध वन्यजन्तु चोरी शिकारी मुद्धा दायर

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७६ जेठ १७ गते ११:५९

१७ जेठ, दार्चुला । दार्चुलाका एकजना प्रहरी जवानमाथि वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्धा दायर भएको छ ।

सुदूरपश्चिम प्रहरी गण नम्बर ३ गुल्म, धनगढी दरबन्दी भइ कारागार सुरक्षा गार्डका रुपमा कार्यरत दार्चुलाको व्याँस गाउँपालिका-२ का सिकेन्द्रसिंह धामीविरुद्ध वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालत दार्चुलामा मुद्धा दायर भएको हो ।

गत वैशाख ८ गते पुलघाँटमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लक्ष्मणदत्त भट्ट नेतृत्वको प्रहरी टोलीले धामीलाई २ किलो ६५० ग्राम सुकुटी मासुसहित पक्राउ गरेको थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरले उक्त सुकुटी मासु झारलको भएको पुष्टि गरेपछि धामीमाथि डिभिजन वन कार्यालय दार्चुलाले जिल्ला अदालतमा मुद्धा दायर गरेको सूचना अधिकारी रणेन्द्र सिंहले बताए ।

डिभिजन वन कार्यालय दार्चुलाले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को फदा २६(६) बमोजिम मुद्धा दायर गरेको जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?